काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आउँदो जेठ १८ गते देखि २२ गते सम्म अभिकर्ता परिक्षा सञ्चालन गर्ने जनाएको छ । नेपाल बीमा प्राधिकरणले एक सुचना जारी गर्दै १८ गते देखि २२ गते सम्म विहान ११: ०० बजेदेखि १२:३० बजे सम्म परिक्षा सञ्चान गर्ने जनाएको छ ।
बीमा ऐन २०४९ बमोजिम अभिकर्ता परिक्षा लिएर मात्र बीमा अभिकर्ता इजाजत पत्र दिने व्यवस्था अनुसार बीमा प्राधिकरणले हरेक हप्ता अभिकर्ताहरुको परिक्षा लिदै आएको छ । 