काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नयाँ बीमा ऐन २०७९ लागू गरेसंगै बीमा अभिकर्ता बन्नका लागि न्यनतम शैक्षिक योग्यता प्लस टु (+2) अनिवार्य गरेपछि धेरै अनुभवी तर विविध कारणले इजाजत पत्र नविकरण नभएका र एसएलसी/एसईई (SLC/SEE) मात्र उत्तीर्ण गरेका पुराना अभिकर्ताहरु चिन्तित बनेका थिए । तर अव त्यस्ता पुराना अभिकर्ताहरुका लागि एउटा ठुलो र सुखद अवसर खुलेको छ ।
बीमा ऐन २०७९ को दफा ९५ को उपदफा (१) तथा बीमा नियमावलीको नियम ४२ को उपनियम (५) बमोजिम एक पटक बीमा अभिकर्ता इजाजत पत्र प्राप्त गरिसकेका तर निजको शैक्षिक योग्यता SLC/SEE मात्र रहेको अवस्थामा पनि पुनः अभिकर्ता बन्न सक्ने व्यवस्था रहेको छ ।

यसका लागि नियमनकारी निकायबाट जारी भएको पुरानो इजाजतपत्र (License) को प्रतिलिपी र अन्य आवश्यक डकुमेन्ट सहित सम्बन्धीत बीमा कम्पनी बाट नयाँ सरह प्रक्रिया अगाडि बढाउंनुपर्नेछ ।
तर यस्तो अवस्थामा प्रक्रिया नयाँ अभिकर्ताकै सरह अगाडि बढाइनेछ । अर्थातः SLC/SEE को डकुमेन्ट सहित तोकिएको शुल्क र परिक्षा दिनुपर्नेछ ।