काठमाडौं । आजकल धेरै मानिसले आफ्नो परिवारको भविष्य सुरक्षित गर्न जीवन बीमा गरिरहेका छन्। तर पर्याप्त जानकारी बिना गरिएको सानो गल्तीले भविष्यमा ठूलो आर्थिक समस्या निम्त्याउन सक्छ। कतिपय अवस्थामा बीमाको दाबी रकम (Claim) पाउन समेत कठिन हुन सक्छ। यहाँ बीमा गर्दा ९० प्रतिशत मानिसले गर्ने ५ सामान्य गल्तीबारे जानकारी दिइएको छ।
१. राम्रोसँग नबुझी बीमा गर्नु
धेरै मानिसले साथीभाइ, आफन्तहरुको करकापमा परि वा सामाजिक सञ्जालको प्रभावमा आएर बीमा गर्छन्। तर policy को अवधि, लाभ, bonus, risk coverage लगायतका विषय राम्रोसँग नबुझ्दा पछि समस्या आउन सक्छ।
विशेषज्ञहरूका अनुसार बीमा गर्नु अघि policy सम्बन्धी सबै जानकारी स्पष्ट रूपमा बुझ्न आवश्यक हुन्छ।
२. आवश्यकता भन्दा कम बीमा गर्नु
कतिपयले premium कम तिर्ने उद्देश्यले अथवा कसैको वचन राख्दिनकै लागि भएपनि निकै सानो रकमको बीमा गर्छन्। तर भविष्यमा परिवारको खर्च, शिक्षा, ऋण वा अन्य जिम्मेवारीका लागि त्यो रकम पर्याप्त नहुन सक्छ।
आफ्नो आम्दानी, परिवारको अवस्था र भविष्यको आवश्यकतालाई ध्यानमा राखेर coverage छनोट गर्नुपर्ने उपयुत्त हुन्छ ।
३. Income अनुसार premium नछान्नु
Emotion मा आएर धेरै ठूलो premium भएको policy खरिद गर्दा केही वर्षपछि premium तिर्न गाह्रो हुन सक्छ। यसले policy lapse हुने जोखिम पनि बढाउँछ।
बीमा कम्पनीहरूले दीर्घकालसम्म सहज रूपमा तिर्न सकिने premium रोज्न सुझाव दिने गरेका छन्।
४. स्वास्थ्य सम्बन्धी जानकारी लुकाउनु
धूम्रपान, मदिरा सेवन, पुरानो रोग वा स्वास्थ्य समस्या लुकाएर बीमा गर्दा भविष्यमा claim reject हुन सक्ने सम्भावना रहन्छ।
बीमा गर्दा सही र सत्य जानकारी दिनु अत्यन्त आवश्यक मानिन्छ।
५. परिवारलाई जानकारी नदिनु
धेरै मानिसले आफूले गरेको बीमाबारे परिवारलाई जानकारी दिँदैनन्। Policy document कहाँ छ, nominee को हो, premium कहिले तिर्ने भन्ने जानकारी नहुँदा दाबी प्रक्रियामा समस्या आउन सक्छ।
विशेषज्ञहरूका अनुसार परिवारका विश्वासिलो सदस्यलाई policy सम्बन्धी आधारभूत जानकारी दिनुपर्छ।
निष्कर्ष
बीमा केवल बचत वा कागजी प्रक्रिया मात्र होइन, परिवारको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण आधार हो। सही जानकारीसहित गरिएको बीमाले कठिन समयमा ठूलो सहारा दिन सक्छ। त्यसैले बीमा गर्नु अघि सबै पक्ष बुझेर मात्र निर्णय लिनुपर्ने देखिन्छ।