काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु. ५१ लाख आर्थिक सहयोग गरेकाे छ।
कम्पनीले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रभु महालक्ष्मी लाइफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेकाे हो।
कम्पनीले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायसँग आफूहरू साथमा रहेको उल्लेख गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूप्रति समेत आभार व्यक्त गरेको छ।
प्राकृतिक विपत्तिका बेला संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको प्रभु महालक्ष्मीलाइफको यो प्रतिबद्धताले विपद् प्रभावित नागरिकलाई राहत पुर्याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।