काभ्रे । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिकोत्सवको अवसरमा कम्पनीको पनौती शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
पनौतीस्थित श्री प्राणनाथ मैत्री वृद्धाश्रममा आयोजित कार्यक्रममा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूका लागि आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको हो।
कार्यक्रममार्फत वृद्धाश्रममा रहेका आदरणीय माता–पितालाई सहयोग प्रदान गर्दै सामाजिक सेवाप्रतिको प्रतिबद्धता व्यक्त गरिएको शाखाले जनाएको छ। खाद्यान्न सामग्री प्राप्त गरेपछि ज्येष्ठ नागरिकहरूको मुहारमा देखिएको खुसी र आत्मीय आशीर्वादले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ।
आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वसँग जोडिएका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
कार्यक्रमबारे आईएमई लाइफ इन्स्योरेन्स पनौती शाखाकी अपरेसन इन्चार्ज सञ्चिता मैनालीले सामाजिक सेवामार्फत समुदायसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो।