लम्की । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, लम्की एरियाको आयोजनामा “ब्रान्च स्टार अवार्ड २०२६” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मिति २०८३ भदौ ७ गते टीकापुरस्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा प्रशिक्षण कार्यक्रमसहित सम्पन्न भएको हो।
कम्पनीका CMO सुशील चापागाईंको प्रमुख आतिथ्यता तथा सुदूरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सैनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय प्रमुख खुमलाल अर्यालको समेत उपस्थिति रहेको थियो।
लम्की एरियाअन्तर्गतका लम्की, भजनी, सुखड, गुलरिया, भुरिगाउँ, राजापुर र टीकापुर शाखाको संयुक्त सहभागितामा आयोजित कार्यक्रममा ९० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने २९ जनालाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित विधाहरूमा Self Code Business, Team Business, Highest Number of Policy तथा Highest Number of Agent Creation रहेका थिए। प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने उत्कृष्टलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले अभिकर्ताहरूमा थप उत्साह, प्रतिस्पर्धात्मक भावना र व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। प्रशिक्षण तथा सम्मान कार्यक्रममार्फत आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने प्रेरणा मिलेको उनीहरूको भनाइ थियो।